बीरगञ्ज – लकडाउनको आज दोस्रो दिन सरकारको निर्णयलाई उल्लंघन गर्दै एउटै कन्टेनरमा बसेर ५३ जना चितवनबाट बीरगञ्ज आएका छन ।
कोरोना भाइरस संक्रमण रोकथामको लागी सरकरले एकसाता देशभर लकडाउन गरेर अतिआवश्यक बाहेक सम्पूर्ण आगमन ठप्प गरेको बेला चितवनबाट एउटै कन्टेनरमा बीरगञ्ज आएका ५३ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको दोस्रो दिन आज विहानै देखि प्रहरीले वीरगंजमा चहलपहल हुन नदिन व्यापक कडाई गरेको छ ।
अतिआवश्यक काम बाहेक बाहिर निस्किनेलाई प्रहरीले पक्राउ गरिरहेको छ ।
कन्टेनरमा लुकेका मध्ये ५० जना पर्साको र ३ जना बाराको रहेको पर्सा प्रहरीले जनाएको छ ।
लकडाउनमा अति आवश्यक स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत मात्र खुल्ला गरिएको छ ।
यसमा तपाईंको प्रतिक्रिया: