मृगौला पीडित यादवको भरतपुर आईसोलेशनमा मृत्यु, कोरोना परिक्षण बाकी

चितवन : भरतपुर स्थित कोरोना विषेश अस्थाई अस्पतालमा उपचाररत बीरगञ्जका एक युवकको मृत्यु भएको छ ।

उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

मृत्यु हुनेमा वीरगञ्जका – २२ जगरनाथपुर बस्ने वर्ष ३० का सन्तोष यादवको रहेका छन ।

लुपस रोगबाट ग्रसित रहेका यादवको मृगौला समेत कमजोर भईसकेको अवस्थामा उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेपछी उनलाई आईसोलेशनमा रिफर गरिएको थियो अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारी द्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।  उनको शव अस्पतालमै राखिएको छ ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

error: Content is protected !!