पर्साको ग्रामीण क्षेत्रमा ‘लकडाउन’को अवज्ञा

मेघराज राय /जीराभवानी चैत ११ । सरकारले आजबाट लागू हुने गरी मुलुकभर लक डाउन गरेको छ ।

लकडाउन भनेको घरबाट बाहिर निस्कनका लागि प्रतिबन्ध हो । यो एक प्रकारको कर्फुयु नै हो ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना कारण बिश्व नै आक्रन्त भएका कारण र नेपालमा पनि यो भाइरसका बिरामीहरु देखिन थालेका कारण सबैले सर्तकता अपनाउन आवश्यक देखिएको छ ।

तर पर्साको ग्रामीण क्षेत्रका जनताहरुले लकडाउनको अवज्ञा गरेर निर्वाध चहलपहल गरिरहेका छन ।

उच्च सतर्कताका लागि नै सरकारले यो कदम चालेको हो जुन एकदमै आवश्यक पनि छ ।

नेपालमा यदी कोरोना भाइरस भित्रि हाल्यो भने कोही पनि सुरक्षित हुने छैन र देशले धान्न सक्ने अवस्था पनि रहदैन ।

त्यसैले रोग भित्रन नदिनका लागि र भित्रिएका बिरामीहरुको उपचारका लागि पनि सरकारको कदम ठीक छ । अब नागरिकहरुले पनि साथ दिन आवश्यक छ ।

नागरिकहरुले सरकारले हाम्रै सुरक्षाका लागि नीति बनाएको हो भनेर बुझनु पर्दछ ।

नागरिकहरुकै सुरक्षाका लागि नै सरकारले नीति बनाएको हो । यसको कार्यान्वयन पनि हुन आवश्यक छ अनि मात्रै हामी नेपाली सुरक्षित हुनेछौं ।

तर पर्साको ग्रामिण भेगमा जन्चेतनाको कमिले गर्दा लकडाउनको पालना हुन सकेको छैन।

विभिन्न चौक चौकमा मान्छेको घुईचो देख्न सहजै पाईरहेको छ।

स्थानीय प्रसासन र स्थानीय तहको सहयोगमा माईकिङ्को बेवास्ता भैदीएको भए अलि सहज हुने थियो भने स्थानीय बुद्धिजिबीहरुको सुझाब रहेको छ।

error: Content is protected !!