वीरगञ्जका जन्ताले टेरेनन् लक डाउन, घर मै बस्न प्रशासनको आग्रह

वीरगञ्ज – कोरोना विरुद्ध लड्न तथा रोकथामको लागी सरकारले आज देखी देशभर लकडाउन गर्ने निर्णय गरे पनी बीरगञ्जमा भने मानिसको आवात जावत रुकेको छैन ।

विश्व भरी महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस संक्रमण बाट बच्न् का लागी सोमवार सरकारले गरेको निर्णय अनुसार देशभर लकडाउन भएको छ तर वीरगञ्जमा भने बजारहरु बन्द भएपनी मानिसहरुको चहलपहल रूकेको छैन।

आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार देशभरि बिहानैदेखि लकडाउन सुरु भएपनि वीरगञ्जमा मानिसहरुको चहलपहल भने निर्वाध भईरहेको छ ।

सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!