कोरोना रोकथामको लागि गुप्ताले १ वर्षको भत्ता सहयोग गर्ने

वीरगञ्ज – राष्ट्रिय सहकारी विकाश बोर्ड नेपालका संचालक समिती सदस्य शम्भु प्रसाद गुप्ताले कोरोना नियंत्रण तथा रोकथामका लागि १ वर्षको बैठक भत्ता सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ , पर्साको प्रमुख सल्लाहकार समेत रहनु भएका गुप्ताले १ वर्षको बैठक भत्ता स्थानिय कोरोना नियंत्रण तथा रोकथाम राहत कोषमा सहयोग गर्ने बताउनु भएको छ ।

यसैगरि गुप्ताले आफनो प्रारम्भीक संस्था जय गणेश बचत तथा ऋण सहकारी संस्था बीरगन्जको तर्फबाट कोषमा १५ हजार सहयोग गर्ने बताउनु भएको हो ।

अहिलेको समयमा सरकार तथा स्थानिय प्रशासनले गरेको अनुरोधको पालना गरि कोरोनालाई पराजित गर्न राहत कोषलाईपनि बलियो बनाउन आवश्यक रहेको उहाले बताउनु भयो ।

हाल सम्म कोरोनाको उपचारकोलागि निश्चीत औषधी खोज हुन नसकेको अवस्थामा गुप्ताले रोकथाम नै यसबाट जोगिन प्रमुख उपाए भएकोले आम नागरिकले सर्तकता अपनाउन आग्रह पनि गर्नु भएको छ ।

मानिषहरु घर घर मै क्वारेनटाइन बसेपछि मात्र कोरोनालाई पराजय गर्न सकिने भएको हुदा अतिआवश्यक काम बाहेक बाहिर नजान गुप्ताले आग्रह गर्नु भएको छ ।

साथै आईतबार सरकारले भारत र चिन तर्फको नाका एकसाताका लागी बन्द गर्ने निर्णयलाई गुप्ताले स्वागत एवम  सरकारलाई धन्यबाद समेत दिएका छन ।

error: Content is protected !!