नगद प्रवाह बाहेकका काम ठप्प गर्न जिल्ला बचत तथा ऋण सहकारी संघको निर्णय

वीरगञ्ज – जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साको बैठकले जिल्लाभरि रहेको आफ्नो सदस्य संस्था मार्फत बिहान १० बजे देखी दिउसो २ बजे सम्म आवश्यक सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको छ ।

आज बसेको संघको बैठकले अर्को निर्णय नभए सम्म उच्च सर्तकता अपनाई नगद प्रवाह बाहेकका अन्य काम नगर्ने निर्णय समेत गरेको हो ।

यस विपदको समयमा संस्थामा कर्मचारी तथा सदस्यहरुलाई सम्बन्धीत निकाय संग हातोमालो गरि सहयोग गर्ने निर्णय पनि गरिएको जिल्ला सचिव पन्नालाल महतोले जानकारी दिनु भयो ।

संघको पर्सा कार्यालयमा संघका पर्सा अध्यक्ष राजेश पंडीतको अध्यक्षतामा सम्पन बैठकमा संघका प्रमुख सल्लाहकार तथा राष्ट्रिय सहकारी विकाश बोर्डका संचालक समिती सदस्य शम्भु गुप्ताको विशेष उपस्थिती रहेको थियो ।

error: Content is protected !!