सपा पार्टी पर्साको अनुरोध, कोरोनाबाट बच्न् सबै सचेत बनौ

वीरगंज – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट आफू पनि बच्न र अरुलाई पनि सुरक्षित राख्न समाजवादी पार्टी पर्साले अनुरोध गरेको छ ।

समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा जारी प्रेस बिज्ञप्तीमा वर्तमान समयमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमणले गर्दा उत्पन्न भएको मानवीय संकटको घडीमा यस विपतबाट बच्न नेपाल सरकारले जारी गरेको निर्णय र निर्देशनप्रति समाजवादी पार्टी पर्सा र जिल्ला समन्वय समितिले धन्याबाद प्रकट गरेको छ ।

विश्वभर आक्रमक रुपमा फैलिरहेको कोरोनाबाट सचेत र सतर्क रहन अतिआवश्यक प्रयोजन बाहेक घरबाहिर ननिस्कन, अनावश्यक भिडभाड नगर्न, मास्क लगाएर मात्रै हिँड्न, हात नमिलाउन, साबुन पानी र सेनिटाइजरले हात सफा राख्नु अहिले सबैको लागि आवश्यक रहेको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना भाइरस जस्तो आपतकालिन अवस्थामा सभा समारोह, बैंठक, भेला गर्न नहुने भएकोले समाजावादी पार्टीद्वारा संचालन गरिएको ‘‘संगठन विस्तार तथा सुदृढिकरण अभियान’’ का साथै अन्य कार्यक्रमहरु समेत स्थगित गरिएको र अगामी १७ गतेसम्मका लागि पार्टी कार्यालय बन्द गरिएको जनाईएको छ ।

कोरोना भाइरसबाट आफू जोगिन र अरुलाई जोगाउन सावधानी अपनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न समाजवादी पार्टी पर्साद्वारा अनुरोध गरिएको छ ।

error: Content is protected !!