बीरगञ्ज – नेपालको मुख्य प्रवेशद्वारको रूपमा रहेको वीरगंज भन्सार लगाएत पर्सामा भारतसंग जोडिएको सबै सिमानाका बाट मानवीय आवत-जावत बन्द भएको छ ।
वीरगंज रक्शौल जोडने मुख्य भन्सार नाका लगायत पर्साको ग्रामिण क्षेत्रका भारतसंगको सिमा नाकाहरू आज विहान १० बजे देखी बन्द भएकाे हो।
नेपालमा काम गर्ने भारतीयहरु विहानै देखी आफनो घर भारत तर्फ फर्किरहेकोले बीरगञ्ज नाकामा विहान लर्को लागेको थियो तर १० बजे पछी पर्साको सम्पूर्ण सिमानाका बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताए ।
नेपाल सरकारकाे निर्देशन अनुसार आज विहान १० बजे देखी चैत १६ गते राती १२ बजे सम्मकाे लागि मालवाहक सवारी साधन बाहेक नाका बन्द गरिएकाे हाे ।
आवत जावत पूर्ण रुपले बन्द छ, नेपालका धेरै जसाे बस्तु भारतबाट आयात हुने भएकाेले मालवाहक सावारी साधनकाे आवागमन चेक जाँच गरेर सुचारु रहेकाे प्रजिअ कार्कीले जानकारी दिए ।
बीरगञ्ज मुख्य नाका सहित सिर्सिया छोटी भन्सार, पर्सौनीभाटा , धाेरे, भिस्वा, जानकी टाेला लगायतका ग्रामिण भेगका सिमा नाकाहरु पूर्ण रुपले बन्द भएका छन।
आईतबार बसेको मन्त्रीपरिषदको बैठकले कोराेना भाइरसकाे संक्रमणबाट बाच्नकाे लागी एकसाताकाे लागि भारत र चिन तर्फको नाका बन्द गर्न निर्देशन दिएको थियो ।
यसमा तपाईंको प्रतिक्रिया: