लागुऔषध गाँजा सहित ३ जना पक्राउ

वीरगंज । प्रहरीले बहुदरमाई नगरपालिकाको वडा नं. ५ पटनीबाट लागु औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया मातहत रहेको प्रहरी चाैकी महुवनले आइतबार राती पटनी स्थितबाट १८ किलाेग्राम लागु औषध गाँजा सहित तिन जनालाई पक्राउ गरेकाे पर्सा प्रहरीले जनाएको छ ।

बिशेष सुचनाकाे आधारमा खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नं. ५ पटनी निवासी ५५ बर्षिय राधाकृष्ण राउत अहिर, सोही ठाउँ निवासी ५० बर्षिय लक्ष्मण महतो र पकहा मैनपुर गाउँपालिका वडा नं. १ धोरे निवासी मन्द्रिका सहनीलाई नियन्त्रमा लिएकाे प्रहरीले जनाएको छ।

तिनै जना सवार बि.आर. ०५ एफ ६५६६ भारतिय नम्बरका मोटरसाइकललाई चेकजांच गर्दा लागु औषध बरामद भए पछि मोटरसाइकल सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

error: Content is protected !!