व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित)

बीरगञ्ज, ९ चैत्र ।  कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको उनका बुवा मुरलीधर रुंगटाले जानकारी दिए ।

error: Content is protected !!