कोरोनाबाट जोगिन राष्ट्रीय युवा संघद्वारा मास्क वितरण

वीरगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि मास्क वितरण गरेको छ ।

संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साका संयोजक महम्द निजामुदिनको नेतृत्वमा रहेको नेता कार्यकर्ताहरुको टोलीले वीरगन्ज घण्टाघर चोकमा १ हजार ५ सय थान मास्क वितरण गरेको हो ।

कोरोना भाईरसको संक्रमणको त्रासले बजारमा मास्कको अभाव भएपछि संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले सबैलाई सुरक्षित राख्नका लागि मास्क वितरण गरेको जिल्ला संयोजक निजामुदिनले बताए ।

वीरगन्ज घण्टाघर चोकमा रहेका रिक्सा चालक , मोटरसाईकल चालक लगायतका सर्वसाधारणलाई गरी १ हजार ५ सय मास्क वितरण गरेको उनले बताए ।

मास्क वितरण कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हाजरा ,महानगरपालिका अध्यक्ष रहबर अंसारी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादव ,अखिलका केन्द्रिय सद्रस्य जुबेर आलम ,नेताहरु रामकिशोर सिंह पराग , शिवशंकर यादव , महम्द मेराजुल ,बिकास रौनियार ,बिक्रम आले श्याम गुप्ता ,मुकेश गुप्ता भुपेन्द्र साह ,कृष्णा यादव, रंदिप श्रीवास्तव, रवि गुप्ता लगायतको सहभागीता रहेको थियो ।

error: Content is protected !!