कोरोना प्रभाव रोक्न् नेता गुप्ताले मुर्ली चौकमा साबुन पानीको व्यवस्था गरे

बीरगञ्ज – नेपाली काँग्रेस पर्साका नेता एवम बीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य अरविन्द कुमार गुप्ताले कोरोना भाईरस रोकथामका लागी साबुन पानीले हाथ धुनलाई धारा जडान गरी साबुन तथा डेटोलको व्यवस्था मिलाएका छन ।

विश्वमै महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको प्रभाव बाट जोगिन नियमित रुपमा साबुन पानीले हाथ धुनलाई बीरगञ्ज – १२ मुर्ली चौक स्थित नेता गुप्ताले आफनै घर अगाडिको चौकमा धारा जडान गरी साबुन तथा डेटोलको व्यवस्था गरेका हुन ।

कोरोनाको संक्रमण बाट बच्न् साबुन पानीले हाथ धोएर कुनै काम गर्न विज्ञहरूले सुझाव दिईरहेको बेला बीरगञ्ज कै व्यस्त चौकको रूपमा रहेको मुर्ली चौकमा बटुवा तथा अन्य सर्वसाधारणका लागी यस्तो व्यवस्था गर्न पाउदा खुशी अनुभुती भएको नेता गुप्ताले बताए ।

एउटा ड्रममा बेशिन आकार कै बनाएर डेटोल राख्नुको साथै धारा जडान गरिएको छ । बजारमा किनमेल तथा अन्य कुनै काम प्रयोजनका लागी आउने बटुवा, अटोरिक्सा चालक सर्वसाधारण लगाएतले यसको प्रयोग गर्न सक्ने नेता गुप्ताले बताए ।

हामीले गर्ने सानो-सानो यस्ता खाले प्रयास बाट ठुलो महामारीको रुपमा देखिएको कोरोना भाईरस बाट बच्न् सक्छौ नेता गुप्ताले भने ।

कोरोनाबाट बचाउका लागी बीरगञ्जको अन्य व्यस्त ठाउहरुमा समेत सरकार तथा निजी स्तरबाट पनी यस्तो व्यवस्था गर्न सके कोरोनाको प्रभाव कम गर्न मदत पुग्ने नेता गुप्ताले सुझाव दिनुभयो ।

error: Content is protected !!