कोरोनाबाट बच्न् जगरनाथपुर गापाद्वारा मास्क र साबुन वितरण

वीरगञ्ज – कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले प्रत्येक वडाको सार्वजनिक स्थलमा हात धुने व्यावस्था गरेको छ ।

शनिवार जगरनाथपुर गाउँपालिकाको सार्वजनिक स्थानहरुमा हात धुनका लागि पानी सहितको बाल्टिन र साबुन राखिएको छ ।

गाउँपालिकाले आजदेखि गाउँपालिकाका सबै नागरिकलाई साबुन र मास्क वितरण गर्ने जनाएको छ ।

जगरनाथपुर गाउँपालिकाका २० हजार जनतालाई घर घरमा गएर प्रत्येक व्यक्तिलाई साबुन र मास्क वितरण गर्ने गाउँपालिका अध्यक्ष जालिम मियाँले जानकारी दिनुभयो ।

मास्क बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिसमिल्लाह खातुन, गाउपालिकाका सबै वार्ड का वडा अध्यक्षहरु समाजबादी पार्टीका युवा नेता सरिफ गद्दी लगाएत विभिन्न संघ सस्था का प्रतिनिधि र स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो।

error: Content is protected !!