बिहारमा कोरोनाबाट एकको मृत्यु, अर्कोमा पोजेटिभ

पटना, चैत ९ गते । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट बिहारमा पहिलो व्यक्तिको मृत्यु भएको छ भने अर्को एकजनामा कोरोना पोजेटिभ भेटिएको छ ।

भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित भएको समाचार अनुसार विहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको पुष्टि भएको छ ।

त्यसमध्ये सङ्क्रमित एक बिरामीको आइतबार मृत्यु भएको छ । स्वास्थ्य विभागका प्रमुख सचिव सञ्जय कुमारका अनुसार मरेका बिरामी अखिल भारतीय मेडिकल साइनस, पटनामा किड्नीको उपचारका लागि गएका थिए ।

तर उनको कोरोना पोजेटिभ भएकै कारण मृत्यु भइसकेको जनाइएको छ ।

विहारमा अहिलेसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेको थिएन ।

त्यसैले विहारसँग जोडिएको नेपालसँगको नाका खुल्ला थियो। बङ्गलामा कोरोना सङ्क्रमणका बिरामी देखा परेसँगै बङ्गाल सरकारले काँकडभिट्टा बाहेक सबै नाका बन्द गरिसकेको छ ।एजेन्सी-

error: Content is protected !!