कोरोना भाईरस रोकथाम गर्न सांसद यादवले बाडे माक्स र सेनिटाइजर

वीरगञ्ज – समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले कोरोना भाईरस रोकथामका लागी सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेका छन् ।

विश्व भरी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ भाईरस बाट बच्न सचेत गराउदै सांसद यादवले वीरगंजकाे माइस्थान र घण्टाघर स्थित रहेका फुटपाथका व्यपारीहरुलाई सांसद यादवले माक्स र सेनिटाइजर वितरण गरेका हुन् ।

कोरोनाबाट बच्न र बचाउन सानों प्रयासको सुरूवात गरेको छु सांसद यादवले भने, बीरगज बजारमा फुटपाथमा तरकारी,साग सब्ज़ी बेचेर दैनिक जिवन बिताउने तथा रिक्शा अटो चलाएर दैनिक रूपमा गुज़ारा गर्ने नागरिकलाई एक-एक पिस माक्स र एक-एक पिस सेनिटाईजर बितरण गरेर कोरोना भाईरस बाट बच्न् रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बजारमा सर्जिकल माक्स र सेनिटाइजरकाे अभाव भइरहेकाे बेला सांसद यादवकाे माक्स तथा सेनिटाइजर वितरणले आम सर्वसाधारण तथा व्यारीहरुलाई केही राहत महसुस भएकाे एक व्यापारीले बताए ।

माईस्थान तथा घण्टाघर क्षेत्रमा गरेर १ हजार ५ सय सर्जिकल माक्स र ५ सय सेनिटाइजर वितरण गरिएकाे सांसद यादवका स्वकिय सचिव निखिल बर्णवालले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयाेजक नेक महमद अंसारी, प्रदेश सांसद जन्नत अंसारी, समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, वीरगंजम हानगर अध्यक्ष इशवर यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।

error: Content is protected !!