जीपी फाउण्डेशनद्वारा नेपाल भित्रिने यात्रुहरुलाई मास्क वितरण

वीरगंज । महामारीको रुपमा विश्व भरी फैलिएको कोरोना भाईरसको त्रासको कारण सबै क्षेत्र आतंकीत बनिरहेको बेला यसको रोकथामका लागी विभिन्न संघ संस्थाहरू समेत सक्रिय भएर लागेका छन ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको १० स्मृति दिवसको अवसर पारेर नेपालको खुल्ला नाका वीरगंज भंसार शंकरार्चायद्वार नजिक नेपाल भित्रने यात्रुहरुलाई सेनेटाईजरले हात धुवाएको छ भने ५०० जना यात्रु (नेपाली तथा भारतियहरुलाई निःशुल्क मास्क समेत वितरण गरेको छ ।

जी.पी.फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले वीरगंज नाकामा कडाइ गरेर चेकजांच गरेकोमा खुशी व्यक्त गरेका थिए ।

जीपी फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेशनका धिरज कुमार गुप्ता, बाबुनन्द प्रसाद पटेल, जितेन्द्र साह, संदिप केवट, नेपाली काग्रेंस बुथ वडा कार्य समिति ३ का संयोजक शेख नेजामुदिन, स्थानिय समाजसेवी शेरु उर्फ मेहबुब आलम, पप्पु सिंह, सुनिल सिंह, सेराज अंसारी, अख्तर अंसारी लगायतका र्कायक्रताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!