कोरोना बारे सचेतना सहित मास्क वितरण गर्दै युवा नेता सरार्फ

वीरगञ्ज, ८ चैत्र । राष्ट्रिय जनता पार्टी नेपाल वीरगञ्ज महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफले कोरोना भाईरस रोकथाम बारे सचेत गराउदै मास्क समेत वितरण गरेका छन ।

वीरगञ्ज महानगरपालिका वडा न. १६ नगवाको दलित बस्तिका स्थानीय बासिन्दालाई कोरोना भाइरस रोकथामका लागी अपनाउनु पर्ने सावधानीका बारेमा सचेत गराएका थिए ।

युवा नेता सरार्फले दलित बस्तिका स्थानीय बासिन्दालाई निशुल्क मास्क बितरण गर्नुका साथै सरसफाईमा विषेश ध्यान दिन आग्रह गरेका थिए।

नगवाको दलित बस्तिमा शुरु गरिएको मास्क वितरण तथा सचेतना कार्यक्रमलाई ग्रामिण क्षेत्रमा पनि निरन्तरता दिइने भिजिट मधेशका राष्ट्रिय संयोजक समेत रहेका सर्राफले बताउनु भयो ।

सरकारले २५ जना भन्दा बढीलाई एकै ठाउँमा भेला नहुन निर्देशन जारी गरेपछि सर्राफ नेतृत्वको टोलि सबै स्थानियको घर घरमा पुगेर मास्क वितरणका साथै कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने सावधानी तथा पुर्व तयारीको बारेमा जानकारी गराइएको किसन सर्राफले बताउनुभयो ।

युवा नेता सन्जय पटेल, रन्जित पटेल, मुकेश पण्डित लगायतको टोलिले स्थानियलाई सजगता अपनाएर नियमित कामकारवाही गर्न र अत्यआवश्यक काम बाहेक घर बाहिर ननिस्किन पनि आग्रह गरेको थियो ।

error: Content is protected !!