सशस्त्र प्रहरीद्वारा ‘कोरोना’ रोकथाम बारे जनचेतनामुलक कार्यक्रम सम्पन्न

बीरगञ्ज, ७ चैत्र । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेडक्वार्टर पर्साले कोरोना भाईरस रोकथाम गर्न जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सुरेश लामाको कमाण्डमा खटिएको टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित बीरगञ्ज रक्शौल जोडने मितेरी पुल देखी भन्सार गेट सम्म माईकिंग मार्फत कोरोना भाईरस लाग्न नदिन तथा भित्रिन नदिन गर्नुपर्ने कार्यहरूको बारेमा चेतनामुलक जानकारी गराईएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिनुभयो।

बिश्वमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) रोकथामका लागी सिमा क्षेत्रमा उच्च सतर्कता अपनाउने उदेश्यले जनचेतनामुलक कार्यक्रम गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए ।

error: Content is protected !!