लामो दुरीका सवारीलाई ‘टाईम कार्ड’ लागु, दुर्घटनामा कमी आउने विश्वास

श्याम कुशवाहा/वीरगञ्ज, ७ चैत्र । तिब्र गतीका कारण हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्नको लागी लामो दुरीमा चल्ने सार्वजनिक सवारीका साधनहरुलाई टाईम कार्ड लागु गरिएको छ ।

प्रदेश २ ट्राफीक प्रहरी कार्यालय पथ्लैया बाराले सडक सुरक्षा सचेतना अभियान अन्तर्गत प्रदेश २ को आठ वटै जिल्लामा एकै साथ लागु हुने गरी टाईम कार्ड लागु गरेको हो ।

उक्त कार्यक्रमको एक समारोहका बिच प्रदेश २ ट्राफीक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले लामो दुरीमा चल्ने सवारीका चालकहरुलाई फुल माला एवम खादा ओढाई तथा टाईम कार्ड, डस्टविन र सवारी चालकका लागी ड्रेस वितरण गरेर शुभारम्भ गर्नु भएको थियो ।

सडक सुरक्षा अभियानलाई अझै प्रभावकारी बनाउन तथा बढदो सवारी दुर्घटनालाई न्युनिकरण गर्न प्रदेश २ को आठ वटै जिल्लाबाट एकै साथ टाईम कार्ड लागु गरिएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो । टाईम कार्ड लागु भएपछि तिब्र गतीमा सवारी चलाउनेहरुमा धेरै कमी आउने विश्वास व्यक्त गर्नु भयो ।

टाईम कार्ड लागु भएको कारण तोकीएको समयमा सार्वजनिक सवारीका साधनहरुलाई गन्तव्यमा पुग्नु पर्ने हुन्छ यदी टाईम कार्डको पालना नगरी छिटो पुग्नलाई तिब्र गतीमा सवारी चलाए कार्यवाही गरिने ट्राफीक प्रहरी उपरीक्षक महतोले बताए ।

ट्राफीक नियम बारे जानकारी दिन तथा सडक दुर्घटना न्युनिकरण गर्न प्रदेश २ ट्राफीक प्रहरी कार्यालयले थालेको विषेश अभियानका कारण प्रदेश २ मै सडक दुर्घटनामा धेरै कमी आएको पनि ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो ।

यसैगरी जिल्ला ट्राफीक प्रहरी कार्यालय पर्साले पनि बीरगञ्जबाट लामो दुरीमा चल्ने सार्वजनिक सवारीका दुईजना चालकलाई फ्लोरोसिङ ज्याकेट, डस्टबिन र टाईम कार्ड बितरण गरेको छ ।

वीरगञ्ज—२१ परवानीपुरमा आयोजीत कार्यक्रममा ट्राफीक प्रहरी निरिक्षक कमल राज पण्डितले चालकहरुलाई टाईम कार्ड वितरण गरेका थिए ।

सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुर्याउन चालकहरुलाई फुलमाला र खादा लगाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा ट्राफीक प्रहरी सहायक निरिक्षक किरण कार्कीले चालकहरुलाई ट्राफीक नियम बारे जानकारी गराउदै सडक सुरक्षाका लागी ट्राफीक नियमको पालन गरी सवारी चलाउन आग्रह गरेका थिए ।

error: Content is protected !!