रेडक्रस पर्साद्वारा कोरोना सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

वीरगंज। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभीड–१९) विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बाटोमा हिड्ने बटुवाहरुलाई सेनिटाइजर दिई सहि तरिकाले हाथ धुने बारे जानकारी गराइएको थियो भने सेनिटाइजर नरहेको खण्डमा साबुनपानीले हाथ धुने सहि तरिकाको बारेमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रममा कोरोना भाइरस सम्बन्धि विभिन्न स्टिकर, पोस्टर, पम्पलेट बितरण गर्नुको साथै भाइरसबाट जोगिने सामान्य तरिकाहरुको बारेमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रम रेडक्रसका मन्त्री शैलेन्द्र कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपमन्त्री साबिर अहमद एराज, संतोष गुप्ता, उमेश गुप्ता, अन्जु श्रेष्ठ, श्रीनारायण यादव, उमेश मिश्र, राजन श्रीवास्तव, स्वयंसेवक भरत शर्मा, अम्रेस यादव लगायतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!