कोरोना प्रभाव रोकथाम गर्न युवा नेता अंसारीले १२ सय माक्स वितरण गरे

वीरगंज । नेकपाका युवा नेता रहबर अंसारीले कोरोना प्रभाव रोकथामका लागी १२ सय माक्स बितरण गरेका छन ।

विश्व मै महामारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोपलाई रोकथाम गर्न सहयोग पुर्याउने उद्देश्यले नेकपाका बीरगञ्ज महानगर अध्यक्ष समेत रहेका नेता अंसारीले कोरोनाबाट बच्न नारायणी अस्पतालमा उपचारार्थ रहेका विरामी तथा कुरूवाहरुलाई माक्स बितरण गर्नु भएको हो ।

माक्स वितरण कार्यक्रममा नेकपाका जिल्ला सदस्य नन्दकिशाेर पंजियार, सुदिप लामा, संगिर आलम, शुशिल सिंह ठकुरी, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, जिल्ला अध्यक्ष नेजाम मियाँ अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलम लगायतको सहभागीता रहेको थियो ।

error: Content is protected !!