प्रहरी चौकी भिस्वाद्वारा अवैध मदिरा भट्टी नष्ट, मास्क सहित एक पक्राउ

बीरगञ्ज, ६ चैत्र । पर्साको छिपहरमाई गाउपालिका वडा नम्बर ५ स्थित भिस्वामा अवैध रुपमा सञ्चालीत घरेलू मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ ।

घरेलु मदिरा नियन्त्रणको लागी थालिएको बिशेष अभियान अन्तर्गत विषेश सुचनाको आधारमा सिमा प्रहरी चौकी भिस्वा बाट खटिएको प्रहरी टोलीले भिस्वामा सञ्चालीत अवैध घरेलू मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरिएको प्रहरी नायव निरिक्षक मुक्ति नारायण यादवले जानकारी दिनु भयो ।

मदिरा बनाउन तयारी गरिएको १२ सय लिटर कच्चा पदार्थ र तयारी अवस्थामा रहेको ३ सय लिटर मदिरा नष्ट गरिएको प्रहरी नायव निरीक्षक यादवले बताए ।

भिस्वा बजारमा रहेको विभिन्न पसलहरू बाट समेत अवैध घरेलु मदिरा विक्री वितरण गरिरहेको सुचना पाएर यस कार्यालय बाट खटिएको प्रहरी टोलीले १ सय ५० लिटर मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी चौकी भिस्वाले जनाएको छ ।

यसैगरी नेपाल बाट भारत तर्फ तस्करी गर्न लागिएको २ सय पीस माक्स सहित एकजनालाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक यादवले जानकारी दिए ।

पक्राउ पर्नेमा छिपहरमाई गाउपालिका वडा नम्बर ५ बस्ने मेराज मिया धुनिया रहेका छन ।

भिसवाको बाटो भएर बिआर २२ एबी ७०२२ नम्बरको भारतीय मोटरसाइकलमा भारत तर्फ गईरहेको धुनीयालाई शंका लागी चेकजाच गर्ने क्रममा २ सय पीस माक्स बरामद गरिएको प्रहरी नायव निरीक्षक यादवले बताए ।

माक्स सहित धुनीयालाई आवश्यक कार्यवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरीया पठाईएको भिस्वा प्रहरी चौकीले जनाएको छ ।

error: Content is protected !!