पर्साको झबराहामा सञ्चालीत २५ वटा मदिरा भट्टी प्रहरीद्वारा नष्ट

वीरगंज – पर्सागढी नगरपालिका वडा नम्बर ३ झबराहामा अवैध रूपमा घरेलू मदिरा बनाउने २५ वटा भट्टी प्रहरीले नष्ट गरेको छ ।

विशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले झबराहा नगर भित्रका विभिन्न स्थान हरुमा सञ्चालीत रहेको २५ वटा अवैध मदिरा भट्टी नष्ट गरेको हो ।

सञ्चालनमा रहेको मदिरा भठ्ठीहरुबाट मदिरा तयार पार्ने कच्चा पदार्थ २४ हजार लिटर, तयारी मदिरा १ हजार लिटर र घरेलु मदिरा तयार गर्ने भाडावर्तन लगाएत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यती ठुलो संख्यामा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी स्थानिय भद्रभलादमी तथा जन प्रतिनिधिहरुको रोहवरमा उक्त घरेलु मदिरा तयार गर्ने अवैध भठ्ठीहरु नष्ठ गरिएको थियो ।

error: Content is protected !!