वप्रका श्रीपुरद्वारा ४ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट

वीरगञ्ज । वीरगञ्ज महानगरपालीका वडा नम्बर १५ बसपार्क चौक स्थित बाट अवैध रुपमा उत्पादन गरी ल्याइएको घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

घरेलु मदिरा नियन्त्रणको लागी थालिएको बिशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी बसपार्क पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बसपार्क क्षेत्रमा चेकजाचका क्रममा वीरगञ्ज पथ्लैया चल्ने बसबाट ४ सय ५० लिटर अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरी सहायक निरिक्षक राम प्रवेश भारतीले बताए ।

पथलैयाबाट बीरगंज आउने बिभिन्न लोकल बसहरुमा प्लाष्टिकको ग्यालनहरु, बोटलहरु र प्लाष्टिकहरुमा राखी झोला भित्र तयारी घरेलु मदिरा राखी लुकाई छिपाई ल्याएको अवस्थामा बरामद गरिएको प्रहरी सहायक निरिक्षक भारतीले जानकारी दिए ।

बरामद गरिएको घरेलु मदिरा स्थानीय जनप्रतिनिधि,समाजसेवी लगाएतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!