वीरगञ्ज । वीरगञ्ज महानगरपालीका वडा नम्बर ११ रानीघाटमा सञ्चालनमा रहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ ।
घरेलु मदिरा नियन्त्रणको लागी थालनी गरिएको विशेष अभियान अन्तर्गत विषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले रानीघाटमा सञ्चालीत दुईवटा अवैध मदिरा भट्टी नष्ट गरेको हो ।
कृषी औजार पछाडी रानीघाट टोलमा मुन्ना साह कानु र जिवन लामाले सञ्चालन गरेको अबैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरिएको प्रहरी सहायक निरिक्षक राम प्रवेश भारतीले जानकारी दिए ।
भट्टी नष्ट गर्ने क्रममा मदिरा बनाउन तयार पारीएको कच्चा पदार्थ ७ सय ५० लिटर र तयारी अवस्थामा रहेको मदिरा १ सय ५० लिटर नष्ट गरिएको प्रहरी सहायक निरिक्षक भारतीले बताए ।
जनकपुरमा अवैध घरेलु मदिरा सेवनका कारण २० औ भन्दा बढी व्यक्तीको मृत्यु भएपछि अवैध घरेलु मदिरा उत्पादनमा प्रहरीले कडाई गरेर भट्टी नष्ट गर्ने अभियान शुरु गरेको हो ।
यसमा तपाईंको प्रतिक्रिया: