बीरगञ्ज – निजी विधालयहरूको छाता संगठन प्याब्सन पर्साको आकास्मिक रूपमा आज बसेको बैठकले कोरोना त्रासको कारण भोली देखी सबै निजी विधालय बन्द गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले कोरोना प्रभावको कारण चैत्र ६ गते भोली विहिबार देखी हुने माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गर्ने निर्णय गरे संगै आकास्मिक रूपमा बसेको प्याब्सन पर्साको बैठक बाट एसईईको साथ साथै परिक्षा सकिसकेको र परिक्षा बाकी रहेको सम्पूर्ण निजी विधालय पनी भोली देखी बन्द गर्ने निर्णय गरेको हो ।
यसमा तपाईंको प्रतिक्रिया: