बीरगञ्ज – पर्साको पकहामैनपुर गाउपालिका वडा नम्बर १ धोरेबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा कटुवा बन्दूक बरामद गरेको छ ।
भारत संग सिमा जोडिएको धोरे गाउको ३ सय मिटर उतर तर्फ रहेको झाडीबाट देशी कटुवा बन्दुक बरामद गरेको हो ।
सशस्त्र प्रहरी बलको बोडर आउट पोष्ट पकहा मैनपुरको टोलीले विषेश सुचनाको अधारमा कटुवा बन्दुक बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाटले जानकारी दिनु भयो ।
बरामद भएको कटुवा इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरी निरिक्षक रानाभाटले जानकारी दिनु भयो ।
कटुवा बन्दूक कस्ले फालेको हो यस विषयमा अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाईंको प्रतिक्रिया: