३ हजार पीस प्रतिबन्धित नाईट्रोभ्याट टयाब्लेट सहित एकजना पक्राउ

बीरगञ्ज – पर्सा प्रहरीले ठुलो संख्यामा प्रतिबन्धित लागुऔषध नाईट्रोभ्याट टयाब्लेट सहित बीरगञ्ज बाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा गढीमाई नगरपालिका वडा नं.५ बस्ने बर्ष २८ को चन्चल पाण्डे रहेका छन ।

विषेश सुचनाको आधारमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले बीरगञ्ज भन्सार नजिकै बाट पाण्डेलाई प्रतिबन्धित नाईट्रोभ्याट टयाब्लेट सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

सिमार्वती भारतको रक्सौलबाट बीरगंज तर्फ पैदल हिडी आउदै गरेको पाण्डेलाई शंका लागी चेकजाच गर्दा काटुनमा पैकिंग गरी राखिएको अवस्थामा उक्त लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका पाण्डेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!