लागुऔषध गाँजा र चरेश सहित एक पक्राउ

बीरगञ्ज – पर्सा प्रहरीले लागुऔषध गाँजा र चरेश सहित एकजना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउपालिका वडा नम्बर ४ देउरवाना बस्ने वर्ष ५० को नुर आलम मिया रहेका छन ।

विषेश सुचनाको आधारमा प्रहरी चौकी रंगपुर टाडी पर्साबाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली गाउपालिका वडा नम्बर २ बैधनाथपुर स्थित बाट साईकल चलाउदै आई रहेको मियाँलाई लागुऔषध गाँजा र चरेश सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

मियाँको साथबाट प्रतिबंधित लागुऔषध गाँजा १ किलो ५ सय ग्राम , चरेश १ किलो र चरेशको धुलो १ किलो ५ सय ग्राम फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका मियाँलाई थप अनुसंधान एवम कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!