दुईवटा पेस्तोल सहित बैतुल्ला पक्राउ

बीरगञ्ज – सशस्त्र प्रहरीले सोमवार बिहान रौतहट यमुनामाई गाउपालिका वडा नम्बर ३ बाट दुईवटा पेस्तोल, म्यागजीन र सोमा लाग्ने गोली सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउपालिका वडा नम्बर ३ राजपुर तुलसी बस्ने वर्ष ४९ को शेष बैतुल्ला रहेका छन ।

सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प फतुवा रौतहट बाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले अकास्मिक चेकजाचका क्रममा बैतुल्लालाई चाईनीज पेस्तोल १ थान , म्यागजीन १ थान ,कटुवा पेस्तोल १ थान र दुई राउण्ड गोली सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले जानकारी दिनुभयो ।

पक्राउ परेका बैतुल्लालाई थप आवश्यक कार्यवाहीको लागी रौतहट प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!