समान्य रुघाखोकी लाई ‘कोरोना’ भनेर प्रचार नगर्न चिकित्सकको आग्रह

वीरगंज – नारायणी अस्पतालमा उपचारको लागी आएका एक युवकमा समान्य रुघा खोकी मात्र रहेको चिकित्सकले बताएका छन ।

बीरगञ्ज बाट संचालनमा रहेका विभिन्न अनलाईनहरूले बीरगञ्जमा एक युवकमा कोरोना भाईरस भेटिएको भनी समाचार सम्प्रेषण गरिरहेको प्रती नारायणी अस्पतालका चिकित्सकहरूले गम्भीर आपत्ति जनाएका छन ।

मौसम परिवर्तन संगै मौसमी फ्लूको रूपमा देखिने रुघा खोकी हुनु स्वभाविक हो तर त्यसलाई विश्व व्यापी रूपमा महामारीको रूपमा फैलिएको कोरोना भाईरस भनेर गलत समाचार सम्प्रेषण गरेर आम नागरिकलाई भयभीत नपार्न संञ्चार संस्था हरूलाई चिकित्सकहरूले आग्रह गरेका छन ।

रुघाखोकी र सामान्य ज्वरो उपचार गराउन वीरगंजस्थित नारायणी अस्पताल पुगेका युवकलाई कोरोनाको आशंका भएको समाचार विभिन्न अनलाईन संचार माध्यमले सम्प्रेषण गरेका थिए।

error: Content is protected !!