सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको १२ लाख सहित दुईजना पक्राउ

बारा, ०२ चैत्र । बाराको परवानिपुर गाँउपालिका ३ स्थित बाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर भएका ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी निरिक्षक दिलेन्द्र खत्रिको कमान्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको उक्त रुपैयाँ सहित दुवैजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिनु भयो ।

चेकजाचका क्रममा बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार रहेका दुवैजनाले लुकाई छिपाई राखेको १२ लाख ३६ हजार ५ सय रुपैया फेला परेपछी सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि दुवैजनालाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनु भयो ।

पक्राउ परेका दुवैजनालाई उक्त रकम सहित थप आवश्यक कार्यवाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक सुबेदीले जानकारी दिनु भयो ।

error: Content is protected !!