तेलको ग्यालीन भित्र लागुऔषध इन्जेक्शनको तस्करी, तीन पक्राउ

बीरगञ्ज – पर्सा प्रहरीले लागुऔषध ईन्जेक्सन सहित ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारत विहार पुर्वीचम्पारण मोतिहारी जिल्ला पलनवा थाना लौकरिया निवासी बर्ष २४ का विशाल कुमार, रक्सौल थाना बडा परेउवा गाउँ निवासी बर्ष २४ का राम विकास कुमार र जिल्ला काभ्रेपलान्चोक धुलिखेल नगरपालिका वडा नं.६ बस्ने बर्ष ६० को उद्धव आचार्य रहेका छन् ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवाबाट BR05V5535 नम्बारकाे मोटरसाइकल चलाई आइरहेकाे अवस्थामा शनिबार सांझ ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय बीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशाल र रामलाई लागु औषध इन्जेक्सन सहित पक्राउ गरेकाे हाे ।

दुबै जनाले २ वटा प्लाष्टिकको ग्यालीन भित्र लुकाई छिपाई ल्याएको लागु औषध ईन्जेक्सन डाईजेपाम ४०० पिस, नुर्फिन ४०० पिस र फेनरगन ४०० पिस उद्धवलाई बिक्री वितरण गरी रहेको अवस्थाबाट फेला पारी सो लागु औषध र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!