वप्रका श्रीपुरद्वारा ४ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट

बीरगञ्ज,२ चैत्र । अवैध रूपमा उत्पादन गरिएको ४ सय लिटर घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

घरेलु मदिरा नियन्त्रणको लागी थालनी गरिएको बिशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर तथा प्रहरी चौकी परवानीपुर बाट खटिएको संयुक्त प्रहरी टोलीले बीरगञ्ज २१ परवानीपुर स्थितबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिईएको प्रहरी सहायक निरीक्षक राम प्रवेश भारतीले जानकारी दिनु भयो।

परवानीपुर चोक स्थित सडकमा पथलैयाबाट बीरगंज आउने लोकल बसहरुमा प्लाष्टिकको ग्यालनहरुमा , बोटलहरुमा राखी झोला भित्र तयारी घरेलु मदिरा राखी लुकाई छिपाई ल्याईएको अवस्थामा बरामद भएको प्रहरी सहायक निरीक्षक भारतीले जानकारी दिए ।

बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगाएतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!