कोरोना भाईरस अन्त्यका लागी हिन्दू परिषदले देशैभरी हवन पुजन गर्ने

बीरगंज २ चैत्र। विश्वको कल्याण तथा कोरोना भाईरस अन्त्यका लागी चैत्र ८ शनिवार देश भरी हिन्दू परिषद नेपालले बिशेष हवन पूजन कार्यक्रम गर्ने भएको छ।

बीरगंज लिकरोड़ स्थित रानीपोखरी होटलमा हिन्दू परिषद नेपालका केन्द्रिय पदाधिकारीहरु,पर्सा जिल्ला एवं बीरगंज महानगरका पदाधिकारीहरुको आकस्मिक बैठकले सो निर्णय गरेको हो।

बैठकमा परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु सुरेश साह कानू, अजिता देवी,लालबाबु प्रसाद कुर्मी,भरत सरार्फ,सचितानंद दुबे,किरण अग्रवाल,संतोष सरार्फ रहेका थिए ।

यसैगरी सल्लहकार ओमप्रकाश गुप्ता,पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, उपाध्यक्ष छबिलाल उप्रेती,सचिव अंशु कुमार, जिल्ला सदस्यहरु बिरेन्द्र चौहान, मुकेश पटेल,अमोद कुमार केवट, लेक्चन सोनार,रामेश्वर गुप्ता, बीरगंज महानगर अध्यक्ष प्रमोद सिंह, उपाध्यक्ष मनीष वर्णवाल, सचिव श्यामबाबु गुप्ता,सहसचिव रंजीत चौरसिया,नगर सदस्य संदीप गुप्ता सहभागी रहेका थिए।

साथै परिषदले महामारी निर्मूल संगै जनजागरण सभा,प्रक्षिक्षण,संगठन बिस्तार,सामाजिक र धार्मिक कार्यक्रमलाई तीब्रता दिने बैठकले निर्णय गरेको छ।

error: Content is protected !!