निकासी प्रबन्ध मिलाउन माग गर्दै फोहोर संकलन गर्ने व्यवसायिले बुझाए ज्ञापन

वीरगंज, २ चैत । नेपालको प्लास्टिकजन्य फोहोर निर्वाध निकासिको व्यवस्था गर्न माग गर्दै प्लास्टिकजन्य फोहोर संकलकहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका छन् ।

काठमाण्डौ, चितवन र पर्साका प्लास्टिकजन्य फोहोर संकलकहरुले संयुक्त रुपमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

केही समय यता पर्सा प्रहरीले प्लास्टिकजन्य फोहोर निकासीमा अवरोध गरेपछि वीरगंज लगायतका शहरमा यस्ता फोहोर थुप्रिन थालेको छ ।

शहरी क्षेत्रका सरकारी तथा निजी आवास, पसल, अस्पताल तथा विभिन्न स्वास्थ्यसंस्थाबाट निस्कने प्लास्टिकजन्य फोहोरहरुलाई कुहिने र नकुहिने गरि बिभाजन गरेर यहाँ प्रयोगमा ल्याउन नसकिने फोहोर सीमावर्ति बजार रक्सौल हुँदै भारत पठाइने गरिएको थियो ।
नेपालको फोहोर भारत पठाएर आफुहरुले फोहोर ब्यवस्थापनमा सहयोग गर्नुका साथै सौन्दर्यकरणमा समेत टेवा पुर्याउँदै आएको पुरानो प्लास्टिक व्यवसायी संघ काठमाण्डौका अध्यक्ष राजेश आचार्यले बताउने भयो ।

फोहोर संकलन गर्न धेरैलाई रोजगारि दिएको भन्दै पछिल्लो पटक पर्सा प्रहरीले गरेको अवरोधले धेरैको रोजिरोटी नै गुम्ने खतरा उत्पन्न भएकोचितवन कवाड व्यवसायी संघका अध्यक्ष शमकर केसीले बताउनु भयो ।

बैध मार्ग हुँदै जाने व्यवस्था भए आफुहरुलाइ धेरै सहज हुने भन्दै केसीले नभए नेपालको फोहोर बाहिर पठाउदा झनै सहयोग हुनुपर्नेमा अवरोध गर्न दु:खद भएको बताउनु भयो ।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले निकासी व्यवस्थापनका लागि आवश्यक नीति नियम बनाउन सरकरसंग सिफारिस गरि पठाउने बताउनु भयो ।

कतिपय कुरा व्यवहारिकता हेरेरै भए पनि सहज बनाइदिन आफुहरुले पहल गर्ने पनि उहाले बताउनु भयो ।

ज्ञापनपत्र बुझाउन बारा, पर्सासहित काठमाण्डौ, चितवन देखिका कवाड व्यवसायिका साथै फोहोर संकलकहरुको उपस्थिति थियो ।

error: Content is protected !!