बीरगञ्जमा ‘मिस नेपालको’ अडिशन चैत्र ४ गते हुने

वीरगञ्ज, २ चैत्र । द हिडन ट्रेजरले आयोजना गर्न लागेको मिस नेपाल २०२० को लागि वीरगञ्ज अडिशन यही चैत्र ४ गते हुने भएको छ ।

वीरगञ्जमा आज पत्रकार सम्मेलन गर्दै अडिशनको बारेमा आयोजकले जानकारी गराएको हो ।

यसअघि नेपालगञ्ज, बुटवल, पोखरा र बिर्तामोडको अडिशन भइसकेको र विगतमा वीरगञ्जबाट २ जनाले मिस नेपालको उपाधि हात पारीसकेको हुँदा यस वर्ष पनि उत्साहजनक सहभागिताको अपेक्षा सहित वीरगञ्जमा आयोजना गर्न लागिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिनुभयो ।

राजधानी केन्द्रित नभएर देशका मुख्य मुख्य शहरमा सबैलाई समेट्ने गरी देशका ८ वटा शहरमा सञ्चालन गरीने अडिशन अन्र्तगत यसअघि ४ वटा शहरमा भइसकेका छन् ।

अडिशनका लागि प्लस टु उतिर्ण गरेको र ५ फिट ४ इन्च उचाई भएका सबैले सहभागिता जनाउन सक्ने अध्यक्ष कर्णिकारले बताउनुभयो ।

वीरगञ्ज अडिशनका लागि सोमबार साँझ ५ बजेदेखी वीरगञ्जको भिस्वा होटेलमा सहभागिहरुलाई अभिमुखीकरण दिइने र मंगलवार बिहान ११ बजेदेखी अडिशन शुरु गरीने छ ।

मिस एसिया प्यासिफिक २०१४ निलम चन्दले सुन्दरी प्रतियोगिता क्षमता र प्रतिभा भएका युवतिहरुलाई कोषेढुंगा सावित हुने आफ्नो अनुभव सुनाउनुभयो ।

यस मार्फत कलाकारीता, समाजसेवा, लगायतका थुप्रै क्षेत्रमा प्रवेश गर्न सकिने बताउनुभयो । पत्रकार सम्मेलनमा बीरगञ्ज आयोजक सहयोगी रोट्रेक्टर आयुष गुप्ता लगाएतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!