कोरोना त्रास : पर्सा बारा खुला सिमाको १५ ठाउँमा भारतले हेल्थ डेस्क राख्ने

वीरगंज ३० फागुनबिहीबार रक्सौलको हरैयामा भारतीय आइसिपीमा सरोकारवालाहरूको बैठक बस्दै नेपालबाट भित्रिने भारतीयलाई रोक लगाउने निर्णय गरेको छ ।

नेपालबाट रूघाखोकी, ज्वरो तथा इन्फलुएन्जाका शङ्कास्पद भारतीयलाई सीमा नाकामैं रोकेर डंकन अस्पतालमा स्थापना गरिएको आइसोलेशन वार्डमा निगरानी गर्ने भारतीय पक्षको तयारी रहेको छ ।

पर्सा, परसौनीभाठाको सीमावर्ती शहर भेलाहीदेखि बारा, सिम्रौनगढ अन्तर्गत ६५ किलोमिटर दूरीमा १५ वटा हेल्थ डेस्क स्थापना गरी कोरोनाका शङ्कास्पद रोगी रोक्न तयारी भएको पूर्वी चम्पारणका जिल्ला अधिकारी शीर्षत कपिल अशोकले बताए ।

बैठकमा रक्सौल भन्सार, अध्यायगन, चिकित्सक, एसएसबीलगायत अधिकारी सहभागी थिए । डंकनमा स्थापना गरिएको आइसेलेशन वार्डमा निगरानी गर्ने भारतीय पक्षको तयारी छ ।

परसौनीभाठादेखि सिम्रौनगढसम्मको भारतीय सीमावर्ती शहर भेलाहीदेखि ६५ किलोमिटर दूरीमा १५ वटा हेल्थ डेस्क स्थापना गरी कोरोनाको शङ्कास्पद रोगीलाई रोक्ने तयारी भएको पूर्वी चम्पारणका जिल्ला अधिकारी शीर्षत अशोकले बताए । साभार-यात्रा डेली

error: Content is protected !!