पुर्व गावीस सचिवको घरमा प्रहरीको छापा, दर्जनौ नक्कली नागरिकता बरामद

वीरगंज । नक्कली नागरिकता बनाउने आराेपमा एक जना पूर्व गाबिस सचिव पक्राउ परेका छन् ।

वीरगंज १६ नगवा फुलवारी टाेलबाट आइतबार दिउसो प्रहरीले पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरी निवासी ६० बर्षिय पूर्व गाविस सचिव बिन्दा प्रसाद साहलाई पक्राउ गरेकाे हाे ।

नक्कली नेपाली नागरिकता, जन्म/मूत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु मोटो रकम लिई बनाईदिने गरेको छ भनी विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनी बस्दै आएकाे नगवा स्थित घरमा आइतबार दिउसो छापा मारेकाे थियाे ।

छापा मारीकाे क्रममा उनी बस्दै आएकाे घरमा नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फोटो टासी तयारी गरेका अनुसुची-१ का फारमहरु, जन्मदर्ता, मुत्यू दर्ता, बिवाह दर्ता, बसाई सराई, जन्म प्रमाणित लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरु बरामद भएपछि उनलाई नित्यन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बरामद भएकाे कागजात सहित उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

error: Content is protected !!