सशस्त्र प्रहरीद्वारा ३ किलो चाँदी सहित भन्सार छलीका ३ लाखको समान बरामद

वीरगञ्ज,२५ फागुन । सशस्त्र प्रहरीले ३ किल्लो चादीँ सहित अवैध रुपमा भन्सार छली भित्रयाइएको विभिन्न समान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वार्टर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म पर्सा बाट खटिएको सशस्त्र प्रहरीको गाडी मोबाइल टोलीले भन्सार चोरी पैठारी गरी भित्रयाइएको विभिन्न माल समान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए ।

गस्तीमा रहेको टोलीले वीरगञ्ज महानगरपालीका वडा नम्बर २१ परवानीपुरबाट बिरगंजबाट काठमाण्डौ चल्ने ना ५ ख ५८६८ नम्वरको चाँदनी डिलक्स बसबाट बेवारिसे अवस्थामा तिन किल्लो चादीँ बरामद गरेको छ ।

बसलाई चेकजाच गरी सोधपुछ गर्ने क्रममा पाउजु बनाइएको ३ किल्लो चादीँका गहना बेवारिसे अवस्थामा बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।

वीरगञ्ज महानगरपालीका वडा नम्बर १७ तिलावे पुल एरीयाबाट भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउदै गरेको १० वटा खसी बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक खत्रीले बताए ।

वीरगञ्ज १६ रजतजयन्ती एरीयामा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ भन्सार छली भित्रयाइएको लत्ता कपडा बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए ।

यसैगरी भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउदै गरेको ५४ किल्लो बोईलर कुखुरा बरामद गरी स्थानिय प्रहरी, भन्सार कार्यालयका कर्मचारी,पशु क्वारेन्टाईनका प्रतिनिधी डाक्टरको रोहवरमा नष्ट गरीएको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!