सुपौली ईलाका प्रशासनमा तोडफोड, दुईजना पक्राउ

जीराभवानी,२२ फागुन । पर्साको जिराभवानी गाउपालिकाको सुपौलीमा रहेको ईलाका प्रशासन कर्यालयमा गई हुलहुज्जत गर्ने दुई जनालाई प्रहरीले नियंत्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जिराभवानी गाउापालिका वडा ५ का २२ वर्षिय अजय महतो र १८ वर्षिय शिवशंकर महतो रहेका छन ।

दुबैजना लाई आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिनुभयो ।

सरुवा वढुवाका कारण हाल सुपौली इलाका प्रशासन कार्यालयमा आवश्यक जनशक्ती नहुदा सेवाग्रहरीको काम समयमा हुन नसकेको भन्दै दुबै युवाले कार्यालयको बैनर च्यात्दै अभद्रव्यवहार गरेकोले नियंत्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इलाका प्रशासन कार्यालय सुपौलीमा विगत १ महिना देखी कर्मचारी अभाव रहेको छ । कर्मचारी नहुदा सेवाग्राहीलाई समस्या भएको स्थानियले बताएका छन ।

यस इलाका प्रशासन अन्तर्गत ठोरी , जिराभवानी , जगरनाथपुर र पटेर्वा सुगौली गाउपालिकावासीको नागरिकता , शासन्त सुरक्षा लगायतका प्रशासनिक सेवा प्रदान हुदै आएको हो ।

error: Content is protected !!