प्रहरी अभियानको असर : बेथितीले अशान्त बसपार्क शान्त हुदै

बीरगन्ज , फागुन २० । बीरगन्ज महानगरको बसपार्क क्षेत्रको बेथिती केहि समय यता नियंत्रित भइरहेको पाइएको छ ।

बसपार्क क्षेत्रमा हुने गरेको अपराध जन्य कृयाकलापमा नियंत्रण आएको त्यसक्षेत्रका स्थानियले बताएका छन ।

लागुऔषध विक्री वितरण, यौन व्यवसाय , घरेलु मदिरा विक्री वितरणका साथै असमाजिक कार्यमा पछिल्ला केहि महिना यता सुधार भएको स्थानिय रमेश कलवारले बताउनु भयो ।

बसपार्क प्रहरी चौकीको सकृयता तथा स्थानिय समुदायको प्रयासमा विकृती नियंत्रण तर्फ उन्मुख भएको उहाले बताउनु भयो ।

बसपार्क प्रहरी चौकीको इन्चार्जको रुपमा प्रहरी नायब निरिक्षक बीजय शाही आएपछि स्थानियको समन्वयगरि गैरकानुनी कृयाकलाप नियंत्रण गर्दै आएका हुन ।

बसपार्क क्षेत्रमा प्राय जसो हुने गरेको चोरी , बढीभाडा वसुली , यात्रु लुटपाटका घटनामा समेत कमी आएको छ ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न चेतना मुलक कार्यक्रम तथा स्थानियको भागिदारीका बीच सुधार भएको अनुभुती स्थानियवासीको रहेको छ ।

प्रहरीको कडाईपछि विभिन्न बस तथा सुमो लगायतका सवारी साधनमा हुने गरेको लागुऔषध ओसार पसारमा समेत कमी आएको देखिन्छ ।

समाजिक अगुवा, स्थानिय युवा तथा सामुदायिक सहयोगले समाजिक परिवर्तन सम्भव रहेकोले यस प्रयासलाई निरंतरता दिदै जाने स्थानियले बताएका छन ।

error: Content is protected !!