एभिन्युजको सराहनीय कार्य कोरोनाको कारण होली विषेश कार्यक्रम स्थगित

बीरगन्ज, फागुन २० गते । एभिन्यूज खबरले प्रत्येक वर्ष आयोजना गर्दै आएको फागु पुर्णिमा विशेष कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको सम्भावनालाई लिएर सरकारले समूहगत भेला नगर्न गरेको आग्रहलाई मध्यनजर गर्दै एभिन्यूज नेटवर्कसले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको प्रदेश दुई बीरगन्ज व्युरो प्रमुख अनुप तिवारीले जानकारी दिनु भयो ।

बीरगन्जको आदर्शनगरमा प्रत्येक वर्ष झै यसवर्ष पनि कार्यक्रमको सम्पुर्ण त्यारी भइसकेको भएपनि वर्तमान जटिल अवस्थामा समाजिक उत्रदायित्व बुझदै कार्यक्रम स्थगित गर्नु परेको तिवारीले बताउनु भयो ।

फागु विशेष कार्यक्रम भन्दा पनि सर्वसाधारणको स्वास्थ्य महत्वपूर्ण भएकाले सामाजिक उत्तरदायित्व लिदै कार्यक्रम स्थगित गरिएको एभिन्यूज खबरका प्रमुख सञ्चालन अधिकृत मिलन श्रेष्ठले जानकारी दिनु भयो ।

उहाले फागु कार्यक्रम भन्दा आम नागरिकको स्वास्थ्यप्रतिको संवेदनशीलता एभिन्यूज खबरको प्रमुख प्राथमिकता भएको बताउनु भयो ।

एभिन्यूज खबरले हरेक वर्ष काठमाडौं र वीरगञ्जमा होली विशेष कार्यक्रम आयोजना गर्दै आएको थियो ।

कार्यक्रममा कलाकार र सर्वसाधारणको उल्लेख्य सहभागिता रहने गरेको थियो ।

कोरोना भाइरसको संक्रमण फैलने खतरा भएको भन्दै स्वास्थ्य मन्त्रालयले केही दिनअघि सामुहिक भेला हुने ठूला कार्यक्रम नगर्न आग्रह गरेको थियो ।

सरकारले सोही कारण सगरमाथा सम्वाद कार्यक्रम समेत स्थगित गरिसकेको छ ।

error: Content is protected !!