बीरगञ्ज । बीरगञ्जको अलौ नाकाबाट अवैध रूपमा भन्सार छली भित्रयाईएको लत्ता कपडा प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ स्थित बाट भन्सार छली भित्रयाईएको विभिन्न समान बरामद गरेको हो ।
बरामद भएको समानहरूमा लत्ता कपडा लगाएत रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक कुमार साहले जानकारी दिनु भयो ।
बरामद समानहरूको बजार मुल्य ६० हजार बराबरको रहेको प्रहरी निरीक्षक साहले बताए ।
बरामद लत्ता कपडा हरूलाई आवश्यक कार्यवाहीको लागी बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी सहायक निरीक्षक राम प्रवेश भारतीले जानकारी दिए ।
यसमा तपाईंको प्रतिक्रिया: