‘बेटी पढाऔ बेटी बचाऔ’ अभियान अन्तर्गत छात्राहरूलाई साईकल वितरण

बीरगञ्ज, १६ फागुन । वीरगञ्‍ज महानगरपालिका वडा नम्बर २१ मा रहेको श्री गिता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई साईकल बितरण गरिएको छ।

एक कार्यक्रमका बिच विद्यालयको कक्षा ८ मा अध्यनरत ४७ जना छात्राहरुलाई साईकल बितरण गरिएको हो समाजवादी पार्टीका युवा नेता सरोज यादवले बताए।

प्रदेश नम्बर २ मा सञ्चालित ‘बेटी पढाऔ बेटी बचाऔ’ अभियान अन्र्तगत विद्यालयमा अध्यनरत छात्राहरुलाई साईकल बितरण गरिएको हो ।

विद्यालय परिसरमै आयोजित साईकल बितरण कार्यक्रममा समाजवादी पार्टीका नेता एवम प्रदेश सांसद जन्नत अन्सारीले छात्राहरुलाई साईकल हस्तान्तरण गरेका थिए।

साईकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य अन्सारीले विद्यालयलाई प्राबिधीक धारतर्फ अमिन पढाईको लागि आफुले पहल गरि प्रक्रिया पनि पुरा गरिसकेको बताए।

उनले विद्यालय परिसरमै रहेको पोखरीको सौन्दर्यकरणको लागि प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसित पहल थालेको जानकारी दिनु भयो ।

कार्यक्रममा वडा नम्बर २१ का वडाध्यक्ष हबिब मियाँ,बिरगञ्ज महानगरपालिका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण,बिधालयका प्रधानाध्याप्क बिनोद मेहता,समाजबादी पार्टीका नेता सुन्दर कुर्मी,स्थनीय नेताहरु राधा कृष्णा रौनियार,जतन राउत कुर्मी,गजेन्द्र पटेल,प्रहलाद राम लगायको उपस्थिती रहेको थियो।

error: Content is protected !!