हुण्डी प्रकरण : मुख्य बार्गेनिङ्ग कर्तालाई प्रतिवेदक बनाएर जोगाउने प्रयास

वीरगञ्ज, १६ फाल्गुन । हुण्डी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका चारजना प्रहरी मध्ये मुख्य बार्गेनिङ्ग कर्ताको रुपमा भुमीका निभाएका प्रहरी जवान अवधेश रायलाई प्रहरीले जोगाउने प्रयास गरेको छ ।

हुण्डी कारोबारीलाई २० लाख रुपैया सहित पक्राउ गरेर बार्गेनिगं गरी १० लाख रुपैया लिएर छोडेको आरोपमा पक्राउ परेका चारजना प्रहरी मध्ये प्रहरी जवान यादवलाई प्रतिवेदकको रुपमा खडा गरेर जोगाउने प्रयास भएको हो ।

घटना हो फागुन ७ गतेको, सिमावर्ती भारतीय शहर रक्शौल संगै सटेको गाउँ सहदेवा महदेवाको बाटो हुदैँ साईकलमा नेपाल तर्फ ईनर्वा गाउँको बाटो भएर वीरगञ्ज तर्फ आइरहेको रक्शौलको मौजे बस्ने रामु साहलाई प्रहरीले २० लाख रुपैया सहित पक्राउ गर्यो ।

सिमावर्ती ईनर्वा गाउँ प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक पुर्ण बहादुर तामाङ्ग नेतृत्वको टोलीले २० लाख सहित साहलाई गाँउकै भुटन देवी मन्दिर अगाडी बाट पक्राउ गर्यो ।

३० दिनको बिदा लिएर घर गएका पर्सा प्रहरीको क्राईम ब्रान्च शाखामा कार्यरत प्रहरी जवान राजकुमार गुरुङ्गले हुण्डीको ठुलो रकम आइरहेको खबर पाएर असई तामाङ्गलाई पक्राउ गर्न सुचना दिएका थिए । ईनर्वा गाँउको ईन्चार्ज हुनु भन्दा अगाडी असई तामाङ्ग पनि प्रहरी जवान गुरुङ्ग संगै पर्सा प्रहरीको क्राईम ब्रान्चमै कार्यरत थिए ।

हुण्डीको ठुलै रकम आइरहेको सुचना पाएका असई तामाङ्गले संगै रहेका लागुऔषध नियन्त्रण व्यूरो कार्यालय वीरगञ्जमा कार्यरत प्रहरी जवान अवधेश राय यादवको आफनै निजी विआर ०६ एन २७३२ नम्बरको भारतीय आइटेन कम्पनीको कारमा भुटनदेवी मन्दिर पुगेका थिए ।

केही मिनेटको बसाई पछि प्रहरीले २० लाख सहित हुण्डीको रकम लिएर आएका रक्शौल मौजेका रामु साहलाई पक्राउ गर्यो ।

पक्राउ परेका साहले पुरै पैसा लिएर मलाई छोडी दिन आग्रह गरेका थिए तर पुरै पैसा लिए आफुपनि फसिने डरले आधा रकम १० लाख लिएर बाकी १० लाख फिर्ता दिएर भरिया साहलाई पुन भारत तर्फ नै फिर्ता पठाएको हाम्रो स्रोतले जनायो ।

प्रहरीले पक्राउ गरेको उक्त रकम हुण्डी जगतमा खुंखार कारोबारीको रुपमा उपमा पाएको भारत विहार मोतीहारी जिल्ला निवासी असोक सरार्फको थियो ।

भरियालाई पैसा सहित फिर्ता पठाउनु भन्दा पहिला हुण्डी कारोबारी सरार्फले चलाएको भारतीय मोबाइल नम्बर ९१—६२०७५२०७८५ मा भरिया साहकै मोबाईलबाट फोन गरेर प्रहरी जवान यादवले, ‘तिम्रो मान्छैलाई २० लाख रुपैया सहित हामीले पक्राउ गरेका छौ र यो भारतीय नागरीक भएकोले यदी यसलाई हामीले कार्यवाही गर्यौ भने यो छुटनलाई मात्र ४० लाख धरौटी राख्नु पर्छ भन्दै हप्काएका थिए’ ।

त्यसकारण यसलाई हामीले १० लाख रुपैया फिर्ता दिएर पठाइरहेका छौ र बाकी १० लाख अफीसमा बुझाउनु पर्छ भन्दै चारैजना प्रहरी मिलेर बाडिचुडी खाएका थिए ।

हुण्डी कारोबारी बाटै घटना बाहीर आएपछि मुख्य बार्गेनिङ्ग कर्ताको रुपमा रहेका प्रहरी जवान यादवलाई कार्यवाही गर्नुको साटो पर्सा प्रहरीले उनलाई बचाउन प्रतिवेदक बनाएर अख्तियार सामु प्रस्तुत गरेको छ ।

हुण्डी कारोबारी संग बार्गेनिङ्ग गरेबापत प्रहरी जवान यादवले १ लाख २५ हजार रुपैया लिएका थिए ।

पर्सा जिल्लामा १ हजार भन्दा बढी प्रहरी कार्यरत छन विभिन्न युनिटमा तर जिम्मेवारीनै फरक रहेका लागुऔषध व्यूरोका प्रहरी जवान यादवलाई असई तामाङ्गले किन त्यती ठुलो रकम दिए सजिलै बुझनु सकिन्छ ।

प्रहरी जवान यादवको काम लागुऔषध प्रयोग कर्ता तथा ओसार पसारलाई नियन्त्रण गर्ने हो तर प्रहरी जवान यादव आफुलाई क्राईम ब्रान्चकै सादा पोशाकको प्रहरी झै प्रस्तुत भएर विभिन्न व्यापारीहरुलाई धम्काउने देखी लिएर माल समान पक्राउ गरी बार्गेनिङ्ग गरी पैसा लिएर फिर्ता गर्ने सम्मको कार्य गरेको पर्सा प्रहरीका उच्च अधिकारी समक्ष व्यापारीहरुले गुनासो समेत गरेका थिए ।

तर पनि उनलाई कार्यवाही नगरी उन्मुक्ती दिइएको थियो । र यस घटनामा समेत प्रत्यक्ष संलग्नता रहेका प्रहरी जवान यादवलाई उन्मुक्ती दिने कार्य भएको पर्सा प्रहरीको काम कार्यवाहीले प्रस्ट भएको छ ।

अख्तियार दुरुपयोग अनुशनधान आयोगलाई थप अनुशनधान एवम कार्यवाहीका लागी पठाइएका चारैजना प्रहरी माथी गम्भीर अनुशनधान हुन जरुरी देखीन्छ ।

error: Content is protected !!