प्रतिबन्धीत लागुऔषध सहित एकजना पक्राउ

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठा स्थित बाट सशस्त्र प्रहरीले प्रतिबन्धीत लागुऔषध सहित एकजना युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट अमरपट्टीबाट प्रहरी नायब निरीक्षक अधिर कुमार झाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुर बस्ने वर्ष २६ को अनिल राउत थारुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

वीरगञ्ज तर्फ जादै गरेको ना ११ प २६३७ नम्बरको मोटरसाइकलमा सवार थारुलाई शंकालागी चेकजाँच गर्ने क्रममा लागुऔषध भेटिएपछि मोटरसाइकल सहित थारुलाई नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी निरीक्षक अरुण बिक्रम बस्नेतले वताउनु भयो ।

पक्राउ परेका थारुको साथबाट नुर्फिन ६ यस थान, डाइजोल्याब १ सय थान, फेनार्गन ५ सय ९८ थान, डाइजोपाम ४ सय १९ थान र नाइट्रोभ्याट टयाबलेट ३१ गोटा बरामद भएको सशस्त्र प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनु भयो ।

लागुऔषध सहित पक्राउ परेका थारुलाई थप आवयश्यक कार्यवाहीको लागी नेपाल प्रहरीको जिम्मा लगाइने सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!