अनियमितता बढेपछी यातायातमा अख्तियारको छापा

वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंज नारायणीको सवारी फाँटमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग कार्यालय हेटाैडाकाे टाेलीले छापामारी गरेको छ ।

कार्यालयकाे सवारी शाखामा अख्तियारकाे टाेलीलेे छापामारी गरेर विभिन्न कागजपत्र चेकजाँच गर्नुकाे साथै कार्यालय प्रमुख विपिन कर्णसंग साेध पुछ समेत गरेकाे हाे ।

प्रहरी निरिक्षककाे नेतृत्वमा ३ जना सहभागि रहेकाे अख्तियारकाे टाेलीले घण्टौ सम्म विभिन्न कागजपत्र हेर्नुका साथै आवश्यक सोधपुछ समेत गरेको थियो ।

अख्तियारमा यातायात कार्यालय विरुद्ध उजरी परे पछि अनुसन्धानकाे लागि टाेली पुगेकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैडाका प्रवक्ता शिवराज रेग्मीले जानकारी दिनुभयो ।

सवारी नामसारीकाे लागि अनियमितता भएकाे केही संचार माध्यममा समाचार आए पछि र अख्तियारमा उजरी परेपछि अख्तियारकाे टाेली अनुसन्धानकाे लागि यातायात कार्यालय वीरगंज पुगेकाे थियाे ।

समाचार स्राेतका अनुसार विभिन्न माेटरसाइकल एजेन्सी मार्फत विक्री भएकाे सवारीकाे नामसारी एजेन्सीका दलालहरु मार्फत सवारीधनीहरुकाे विना उपस्थितीमा नामसारी गरी माेटाे रकम असुलीकाे समाचार बाहिर आएपछि अख्तियारले छानविन थालेकाे हाे ।

error: Content is protected !!