तस्करी बिरूद्धको अभियानमा वप्रका श्रीपुर : लाखौ मुल्यका समान पक्राउ

बीरगञ्ज,७ फागुन । अवैध रूपमा भन्सार चोरी पैठारी गरि ल्याईएको लाखौ मुल्यका लत्ता कपडा सहित अटो रिक्शालाई प्रहरीले पक्राउ गरेको छ ।

तस्करी बिरूद्धको अभियान अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुर बाट खटिएको प्रहरी टोलीले बीरगञ्जको अलौ एरीया बाट भन्सार छली ल्याउदै गरेको ना २ ह ३२५५ नम्बरको अटो रिक्शा बाट लत्ता कपडा बरामद गरिएको प्रहरी निरीक्षक दिपक कुमार साहले बताउनु भयो ।

अटो रिक्शा लाई शंका लागी चेकजाच गर्दा गाडीको पछाडीको मोटर रहने ठाउमा लुकाएर ल्याईएको ९० हजार मुल्यका विभिन्न लत्ता कपडा बरामद भएपछि अटो रिक्शा सहित चालकलाई समेत नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक साहले जानकारी दिनु भयो ।

माल समान सहित अटो रिक्शा समेत गरी ४ लाख ६४ हजार मुल्य बराबरको समानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी बीरगंज भंसार कार्यालय पर्सामा पठाईएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

error: Content is protected !!