मरिच तस्करलाई सहयोग गर्ने ‘सई’ लाई भएन् कार्यवाही

वीरगञ्ज, ६ फागुन । गएको बुधवार जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसनधान हेर्ने क्राईम टोलीले वीरगंजको सिर्सिया खलवा टोला स्थित बाट २ क्वीन्टल ७० किल्लो तस्करी गर्न लागेको मरिच पक्राउ गर्यो ।

बुधबार रातीको २ बजेको सयममा मरिचको तस्करी भइरहेको सुचना पाएर पुगेको क्राईम ब्रान्च सादा पोशाकको प्र्रहरी टोलीले तिन वटा मोटरसाईकलमा लोड गरिएको ९ वटा बोरामा रहेको कालो मरिच तस्करीका माध्यमले भारत तर्फ लगिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

मरिच तस्करी भइरहेको ठाउ जिल्ला प्रहरी कार्यालय पर्सा मातहत अन्तर्गत पर्ने प्रहरी चौकी सिर्सिया ड्राइपोर्टको एरीयामा पर्छ ।

पर्सा क्राईम ब्रान्चको तत्कालीन सई विदुर शिवाकोटीको आशीर्वाद पाएर सिर्सिया चौकी इन्चार्ज पाएका सई प्रकाश बहादुर रावत तस्करहरु संग राम्रै संगत बनाएर लखनउ लुट मचाएका छन ।

मध्य रातको २ बजे मरिच पक्राउ गरेको क्राईम टोलीलाई तस्कर समुहले सई रावत सरलाई सहयोग गरेर काम गरिरहेको बताउदै मरिच छोडी दिन आग्रह गरेको थियो, प्रहरी स्रोतले जनायो ।

स्थानीय चौकी साथ—साथै पर्सामा नयाँ एसपी नआउनजेल क्राईम ब्रान्च टोली समेतलाई आर्थीक प्रभावमा पारेर यसरी मरिच तस्करी गराउने व्यक्ती हुन सिर्सिया खलवा टोलाका मञ्जु जी ।

उनले सिर्सिया चौकीका सई रावतलाई महिनाको ४० हजार रुपैया दिएर निर्वाध तस्करी समराज्य चलाई रहेका थिए ।

पर्सामा नयाँ प्रहरी प्रमुखको रुपमा गंगा पन्त आएसंगै चोरी तस्करी अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्ने बताइरहदा उनकै मातहतको प्रहरी युनीटको सहयोगमा खुलेयाम तस्करी कार्यलाई बढावा दिने सई रावतलाई भने कुनै कार्यवाही नगरी समान्य सोधपुछ मात्रै गरेर सोही ठाउमा यथावत राखीएको छ ।

नेपाली उखान , ‘नानी देखी लागेको बानी’ कहाँ त्यतीकै छुटछ, भने झै सई रावतलाई सोही ठाउमा निरन्तरता दिनुले पुन तस्कर समुहहरु सलबलाएको बुझीएको छ ।

तसर्थ तस्कर संग साठगाठ गर्ने यस्ता सईलाई तत्काल कार्यवाहीको भागीदार बनाउनु पदर्छ ।

error: Content is protected !!